शान्ति वास्तवमा भन्नेहो भने मानव जीवको लागि अति आवस्यक वस्तु हो । मानव सभ्यताको कुरा गर्दा त लाखौ वर्ष देखि हामी शान्तिको खोजमा छौं । वैदिक कालमा देहको शन्ति, पृथिवीको शान्ति, बनस्पतिको शान्ति, अन्तरिक्षको शन्ती र शान्तिको लागि पनि शान्तिको परिकल्पना गरिएको छ । भगवान बुद्धले त आफ्नो सारा जीवन शान्ति र अहिंशाको लागि अर्पण गर्नु भएको इतिहास छ।
अहिलेको संसारमा हेर्ने हो भने त अशान्ति नै अशान्ति छ। मानिसहरुले आफु भित्रका रिस, राग, द्वेश, इस्र्या, घ्रिणा जस्ता शान्तिका विरोधी दुर्गुण बढाइ राखेको छ । मै खाउ मै लाउ सुख सयल मौज सब म गरांै जस्ता नितान्त व्यक्तिवादि सोचहरुको हावी भएको छ । हतियारको होडबाजी र अर्को देश प्रतिको असहिष्णुताका कारण शान्तिवाट कोषांै दुरी कायम गरिसकेका मानिसहरु विनासको नजिक पुगेका छन।
हाम्रो पुरातन सभ्यताले सिकाएको बसुदैव कुटुम्बकम्को सिद्धान्त कसैले आत्मसात गरेको देखिन्दैन । छिमेकीसंग सद्भाव राख्ने र विस्व भरिकाका मानिसहरु हाम्रा मित्र हुन् भन्ने भावनाको विकास गर्ने र सबैको सह अस्तित्वलाई स्वीकार गर्ने हो भने मानिस शान्तिको नजिक पुग्न सक्द्छ ।
शान्ति बिना मानिस सम्पन्न हुन सक्दैन । हो धनि हुन सक्दछ, धनि हुनु र सम्पन्न हुनुमा तात्विक फरक छ । मानिसहरुको सर्वांगिण विकासको लागि शान्ति आवश्यक छ । संसारका केहि मुट्ठीभर मानिसको दम्बले ७ अर्ब मानिसहरुले शान्ति गुमाएका छन्, सवै जीवको कुरा गर्ने हो भनेत जलचर र थलचर गरी खरबौ जीवले अशान्त भएर बस्नु परेको छ।
यो पृथिवीमा र जल भित्र वास गर्ने असंख्य प्राणीहरुको दुर्दसा भएको छ । पानी प्रदुषित, हावा प्रदुषित, माटो प्रदुषित, भावना प्रदुषित शुद्धता कुनै वस्तुमा छैन, शान्ति कुनै जीवमा छैन । के आधुनिक प्रविधि, विज्ञान र सभ्यताले दिन खोजेको यिनै कुराहरु हुन् त? यी सबै कुराहरुमा हामीले गहन विचार विमर्स गर्न ढीला भैसकेको छ, चेतनाको स्तर बढाउन जरुरी छ । हामी चेतनशील नभएर नै यी सबै कुरा भैराखेका छन् । मानव निहीत चेतनाको स्तर वढाउन जरुरी छ, कतै चेतना विनाको बिकास नै बिनासको कारण नबनोस।