धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय तहको निर्वाचनमा गरेको वाचा अनुसार धरान उपमहानगरपालिकाका स्थानीयवासीलाई पानी पुरयाउन सफल भएका छन्।
धरानका घरधुरीमा खानेपानीको पाइपबाट पानी पुराए पछि मेयर साम्पाङले स्थानीयसँग खुसी साटासाट गरेका छन्। स्थानीयको घरघरमा पिउने पानी पुगेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
भिडियोमा मेयर साम्पाङसँगै धरानका बासिन्दा पानीको फोहोरामा भिजिरहेको देखिन्छ। सम्पाङले स्थानीय तहको निर्वाचनमा धरानको चरम खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।