३० भाद्र काठमाडौं। काठमाडौं महानगरपालिकाले शहरभित्रका सार्वजनिक स्थानहरुमा सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाएको छ। नयाँ नीति आगामी असोज १ गतेदेखि लागू हुनेछ ।
कामपाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा प्रतिबन्ध लगाउने प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नीति पारित गरेको कामपाले जारी गरेको सूचनामा उल्लेख छ।
चुरोट, बिडी, चपाउने सुर्ती, गुटखा लगायत अन्य सुर्तिजन्य पदार्थहरुमा प्रतिबन्ध लगाएको छ।
नियम उल्लंघन गर्नेलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ बमोजिम कारवाही गरिने कामपाका निर्देशक तथा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।
RSS