२६ भदौ काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले आइतबार पदबाट राजीनामा दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भने, ‘यस यात्रामा मलाई साथ दिने सबैलाई धन्यवाद। एक टोली, जय नेपाल।