नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार ३० भदौ बाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।
गैरकानुनी रुपमा मोबाइल फोन भित्रिन नदिन दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गरेको हो। मोबाइल डिभाइस व्यवस्थापन प्रणाली लागू भएपछि स्वदेशमा ल्याइएका सबै मोबाइलहरु अनिवार्य दर्ता गर्नुपर्नेछ।
नेपाल दूरसञ्चारमा दर्ता नभएका फोनहरू देशमा प्रयोग गर्न पाइने छैन। यो देशमा ल्याइएको नयाँ फोनहरूमा लागू हुनेछ। पुराना फोन स्वत: दर्ता हुनेछ, नेपाल दूरसञ्चारले बताए। प्राधिकरणले बिहीबार एक कार्यक्रम आयोजना गरी प्रणालीको सफ्ट लन्च गरेको छ।
प्राधिकरणले दर्ता भएका फोनहरू मात्र खरिद गर्न आग्रह गरेका छन्। तपाईको फोन दर्ता भएको छ वा छैन चेक गर्न mdms.nta.gov.np वेबसाइटमा गएर फोनको IMEI नम्बर राखेर चेक गर्न सकिन्छ।