भदौ ३१ काठमाडौं। टुकुचा खोलाको माथि जय नेपाल सिनेमा हल निर्माण भएको काठमाडौं महानगरपालिकाले आज पत्ता लगाएको छ।
६ दशकअघि काठमाडौंको मुख्य क्षेत्रभित्र पुतलीसडक वरपर पर्ने महत्वपूर्ण टुकुचा खोलालाई अतिक्रमण गरी त्यस माथि संरचना निर्माण गरिएको हो। अतिक्रमण यति तीव्र छ कि नारायणहिटी दरबार संग्रहालय र पुतलीसडक बीचमा रहेको खोलाको केही भाग शहर को हलचल र भीडहरू मुनि गायब भएको छ। खोलाको खुल्ला भाग ढल जस्तै देखिन्छ।
कामपाले भर्खरै सार्वजनिक क्षेत्रको अतिक्रमणमुक्त अभियान सुरु गरेपछि खोला पूर्ण रूपमा अतिक्रमण भएको गुनासो आएको छ । उजुरीको आधारमा कामपाले खोलाको नक्साङ्कन सुरु गरी जय नेपाल सिनेमा हल मुनि बग्ने अनुमान गरेको थियो ।
नगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजु पाण्डेले कामपाका इन्जिनियरहरुले जय नेपाल हल मुनि खोला भएको दाबी गरे। कडा कंक्रिट र १५ फिट माटोले बनेको साँघुरो पर्खालको बीचबाट खोला बगेको पाण्डेले बताए ।
नारायणहिटी दरबार सङ्ग्रहालय, कमलादी अनि काठमाडौँ प्लाजालगायतका स्थानहरूबीचको खोलाको ५०० मिटरभन्दा बढी संरचना निर्माण भएको कामपा अधिकारीहरुको अनुमान छ। खोलाका केही भाग काठमाडौं प्लाजाभन्दा बाहिर देखिन्छ।
यसबाहेक खोलाको क्षेत्रमा निजी घरहरुले पनि अतिक्रमण गरेको कामपाले जनाएको छ। पाण्डेले भने,‘आगामी दिनहरुमा कानुनी प्रक्रिया पूरा गरी यस्ता सबै अतिक्रमण हटाइनेछ।’