भदौ ३१ काठमाडौं। काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितका लागि २४सै घण्टा हटलाइन सेवा सुरु गरेको छ ।
महानगरपालिकाले बिहीबारदेखि सेवा सुरु गरेको कामपाका मेयर बलेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले भने ,’यदि तपाइँ संक्रमित हुनुहुन्छ वा संक्रमित भएको आशंका भएमा तपाइँ 1180 मा फोन गरि स्वास्थ्यकर्मीहरु संग परामर्श लिन सक्नुहुन्छ।’
कामपाले आवश्यक परे १०२ मा फोन गरी नि:शुल्क एम्बुलेन्स सेवा लिन सबैलाई अनुरोध गरेका छन्। मेयरले फेसबुक मार्फत भने ,‘समुदायमा डेंगु फैलिदै गए पछि यसको रोकथाम र नियन्त्रणका लागि हामी सबैले चरम चेतना र कार्यको आवश्यकता महसुस गरेका छौं। चलिरहेका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रम ल्याई स्रोत र जनशक्तिको अधिकतम उपयोग गरिरहेका छौं।’