भदौ ३१ काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिङ्गापुरमा रहेको खुलासा भएको छ। जमैकाबाट सिंगापुर आएका नेपाली लेग स्पिनरले त्यहाँबाट कानुनी परामर्श लिइरहेका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका गएका लामिछानेले केही दिनमै नेपाल आउने बताएका थिए।
स्रोतका अनुसार अधिवक्ता सारा घिम्रे लामिछानेलाई कानुनी सल्लाह दिन नेपालबाट सिंगापुर प्रस्थान गरेकी छन्।
उनीविरुद्ध बलात्कारको उजुरी परेपछि नेपाल क्रिकेट संघले उनलाई सम्पर्क गरेको थियो। उनले छिट्टै नेपाल फर्किने बताउँदै कानुनी प्रक्रियामा सहयोग गर्न क्यानलाई आग्रह गरे। तर जमैका छाडेपछि उनले क्यानसँग सम्पर्क गरेका छैनन्। लामिछाने आफैं लड्ने तयारीमा छन् ।
लामिछानेलाई बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले भदौ २३ गते निलम्बन गरेको थियो।