असोज ४ काठमाडौं। अनलाइन सपिङ प्लेटफर्म दराजले दशैं धमाका अभियान घोषणा गरेको छ । दराजले आफ्नो पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’ आयोजना गरेको केही दिनमै यो अभियान घोषणा गरेको हो । बुधबारदेखि अभियान सुरु भएको कम्पनीले जनाएको छ । यो अभियान गत वर्षभन्दा ठूलो हुने कम्पनीको दाबी छ ।
यो क्याम्पेनमा ७० प्रतिशतसम्म मेगा डिल, नि:शुल्क किनमेल र रु २५०० सम्मको छुट रहेको छ। त्यसैगरी ग्राहकले रु १०,००० सम्मको मेगा भाउचर र बम्पर उपहारस्वरूप NIU NQI इलेक्ट्रिक स्कुटर जित्ने अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ।
ग्राहकले दराज मार्फत सामान खरिद गर्दा र डेबिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा रु २००० छुट पाउनेछन् । त्यसैगरी क्रेडिट कार्डबाट भुक्तानी गर्दा ग्राहकले रु २५०० सम्ममा २० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकले कार्डमार्फत भुक्तानी गर्दा छुट पाउनेछन् ।