असोज ४ काठमाडौं। गत २४ घण्टामा मंगलबार थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १५३५ र एन्टिजेनबाट १९७७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट ३५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
पछिल्लो २४ घण्टामा देशमा कोरोना बाट कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महामारी सुरु भएयता मृत्यु हुनेको संख्या १२,०१६ पुगेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार, मधेश प्रदेशमा एक, बागमतीमा २३, गण्डकी प्रदेशमा तीन र लुम्बिनीमा आठ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। हाल सक्रिय कोरोना संक्रमितको संख्या १६१९ पुगेको छ।