असोज ७ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजस्व सचिवको संयोजकत्वमा समिति बनाएर नयाँ पेट्रोल र डिजेल सवारी साधनको बिक्री तथा पैठारीमा प्रतिबन्ध लगाउने समयसीमाबारे अध्ययन गरिरहेको बताएका छन् ।
‘नाडा इभि एक्सपो २०२२’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले नेपालमा पहिलोपटक इभी एक्स्पो आयोजना गरेकोमा नाडाको प्रशंसा गर्नुभयो । नेपालको जीवाश्म इन्धनको निर्भरताले देशको विदेशी मुद्रा सञ्चिति घट्दै गएको बताउँदै उहाँले वातावरणमा समेत असर परेको बताउनुभयो ।
गत आर्थिक वर्ष नेपालले ३०० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो जसमा ७१ अर्ब रुपैयाँ बराबरको पेट्रोल र १६८ अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको थियो ।
विद्युतीय सवारी साधनको बढ्दो लोकप्रियतालाई प्रकाश पार्दै थापाले विद्युतीय सवारीसाधनको प्रयोगले वातावरणीय प्रदुषण कम गर्ने मात्र नभई स्वदेशी विद्युत खपतसँगै देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने बताए । यसैबीच उनले अटोमोबाइल आयातमा प्रतिबन्धले अटोमोबाइल उद्योगलाई असर गरेको बताए र २५ प्रतिशत अटोमोबाइल व्यवसायीहरूले आफ्नो व्यवसाय बदलेका र सयौं कर्मचारीले आफ्नो जागिर गुमाएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सूचना डेस्क पनि स्थापना गरेको छ जहाँ आगन्तुकहरूले सडक नियम र सुरक्षा बारे जानकारी लिन सक्छन।
आयोजकका अनुसार चार दिनमा करिब ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। एक्सपो सेप्टेम्बर २५ मा समापन हुनेछ।