असोज ११ काठमाडौं। कोभिड-१९ को महामारीका कारण विगत तीन वर्षदेखि बन्द रहेको श्री एयरलाइन्सको पर्वतीय उडान सुचारु भएको छ ।
श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणपछि अवस्था सामान्य भएपछि पर्यटकको सहजतालाई ध्यानमा राखी हिमाली उडान सुचारु गरिएको जानकारी दिए ।
एयरलाइन्सले आफ्नो सीआरजे २०० सिरिजको विमानबाट पर्वतीय उडान सेवा उपलब्ध गराउनेछ । ५० मिनेटको पर्वतीय उडानका लागि नेपालीका लागि प्रतिव्यक्ति १५ हजार र विदेशीका लागि प्रतिव्यक्ति २३० अमेरिकी डलर शुल्क तोकिएको छ ।
मौसम ठीक भएमा पहाडको उडान सेवा हरेक दिन बिहान ६ः३० बजे सुरु हुन्छ ।