असोज १२ काठमाडौं। दशैंको बिदामा सर्वोच्च अदालत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दशैंका अवसरमा घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म पक्राउ परेका मुद्दाको सुनुवाइका लागि अदालत खुला रहने जानकारी दिए ।
घटस्थापना, शनिबार र विजयादशमी बाहेकका दिनमा कैदी पक्राउ गर्न परेको रिटमा सुनुवाइ हुने भएको छ ।