असोज १३ काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउन प्रतिबन्ध लगाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार जारी गरेको सूचनामा विमानस्थल नजिक चङ्गा उडाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
नेपालको उड्डयन क्षेत्रको नियमन र अनुगमनका लागि जिम्मेवार सरकारी निकाय क्यानले विमानस्थल वरपर चङ्गा उडाउँदा विमानलाई जोखिम हुने तर्क गरेको छ ।
क्यानले हवाई सुरक्षालाई ध्यानमा राखी यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ । दशैंलगायतका चाडपर्व सुरु भएसँगै सर्वसाधारणले टिआइए आसपासका देशका विभिन्न स्थानमा चङ्गा उडाउने गरेका छन् । -RSS