असोज २३ काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सूचना पठाएर देशभर कति उम्मेदवारले उम्मेदवारी दर्ता गरेको खुलासा गरेको छ।
आयोगका अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन्। प्रदेश सभातर्फ २४४ महिला, २,६०० पुरूष र एक जना अन्य गरी २, ८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगका अनुसार कतिपय क्षेत्र र निर्वाचन क्षेत्रमा सार्वजनिक भइसकेको सूचना पुग्न कठिन भएकाले यकिन तथ्याङ्क आउन बाँकी छ ।
सात प्रदेशमा मधेस प्रदेशमा सबैभन्दा बढी उम्मेदवार छन् र कर्णाली प्रदेशमा सबैभन्दा कम उम्मेदवार छन् ।
आयोगका अनुसार प्रदेश १ मा ४९४, मधेस प्रदेशमा ७६७, वाग्मती प्रदेशमा ६ सय ३५, गण्डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २ सय ३३ उम्मेदवार रहेका छन् ।