राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सुशासन महाशाखाका अध्यक्ष ज्ञानेन्द्र शाहीले आफ्नो जन्मभूमि जुम्लाबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेका छन्।
उनले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसै गरी प्रदेश सभा सदस्यतर्फ “क” मा अंगतप्रसाद देवकोटा र “ख” मा देवप्रसाद न्यौपानेले राप्रपाबाट उम्मेदवारी दर्ता गरेका छन्।