पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन्।
खनालको अनुपस्थितिमा संयुक्त समाजवादी पार्टीका प्रतिनिधि दीपक पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । सोही क्षेत्रमा स्वतन्त्रको तर्फबाट विक्रम पाण्डेले समेत मनोनयन दर्ता गराएका छन्। त्यस्तै सोही क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन दर्ता गराएका छन्।
गठबन्धनका तर्फबाट खिनु लङवाले (क) प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन् । उनले दोस्रो कार्यकालका लागि संयुक्त समाजवादी पार्टीको उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सभापति शम्शेर राईले मनोनयन दर्ता गराएका छन्।