कास्की असोज २६। नेपाली सेना १२ पदकसहित वरियतामा शीर्ष स्थानमा यथावत रहेको छ । अपडेट अनुसार आर्मीले अहिलेसम्म दुई स्वर्ण, चार रजत र छ कास्य पदक जितेको छ ।
कास्कीमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा नेपाली सेनाका रमा सिंह र इन्द्र पौडेलले स्वर्ण जितेका छन् ।
त्यसैगरी, वाग्मती प्रदेशले दुई स्वर्ण र एक कास्य पदकसहित दोस्रो स्थान कायम राखेको छ । फेन्सिङमा ओमकार सिंह र शिक्षा नापितले स्वर्ण जितेका छन् ।
एक स्वर्ण, दुई रजत र पाँच कास्य पदकसहित सशस्त्र प्रहरी तेस्रो स्थानमा छ । फेन्सिङमा एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जितेका छन् ।
सुदूरपश्चिम प्रदेशका जलेन्द्रबहादुर शाहीले पनि फेन्सिङमा स्वर्ण जितेका छन् । (RSS)