निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला आचारसंहिता अनुगमन अधिकृत नियुक्त गरेको छ ।
जिल्ला कोष नियन्त्रक कार्यालयका प्रमुखलाई सम्बन्धित जिल्लामा अनुगमन अधिकृत तोकिएको छ । निर्वाचन आचारसंहिताको दफा ३२ बमोजिम नियुक्ति गरिएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सरकारी कर्मचारी, शिक्षक र निर्वाचन आचारसंहिता पालना गर्ने जिम्मेवार व्यक्तिले त्यसको पालना गर्न जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन दिइएको छ । आचारसंहिता उल्लङ्घन भएमा कारबाही गर्न अनुगमन अधिकृतलाई अधिकार दिइएको छ ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको संयोजकत्व प्रमुख निर्वाचन अधिकृतले गर्ने छ भने केन्द्रीय तहमा निर्वाचन आयुक्तको अध्यक्षतामा केन्द्रीय आचारसंहिता अनुगमन समिति रहेको छ । एकै चरणमा दोहोरो निर्वाचनको मतदान मंसिर ४ मा हुँदैछ। (RSS)