काठमाडौं असोज २९। नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लाइन्सेस परीक्षा नदिइ थप अध्ययन गर्न पाउने बाटो खुलाउने योजना बनाएको छ।
लाइसेन्स परीक्षाको असफलताको दर अझै चिन्ताजनक रहेको बेला एनएमसीका अधिकारीहरूका अनुसार यस पहलले स्नातकहरूको भविष्यलाई सहज बनाउने लक्ष्य राखेको छ।
नेपाल मेडिकल काउन्सिल द्वारा सेप्टेम्बर २२-२४, २०२२ मा सञ्चालन गरिएको एमबिबिएस र बिडिएसको लागि ६४ औं लाइसेन्स परीक्षामा मात्र ४२.३२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
एनएमसीका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने,“देशभरका मेडिकल कलेजहरूमा मेडिकल विद्यार्थीहरूलाई पढाउने एउटै प्राध्यापकहरूले प्रश्नहरू तयार र सेट गर्छन्। असफलताको अत्यधिक दर एनएमसीको अक्षमता होइन।”
धेरै नेपाली डाक्टरहरू विदेशबाट फरक भाषामा फरक पाठ्यक्रम सिकेर फर्केका कारण पनि पास हुनेको दर न्यून भएकोमा डा. अधिकारीले जोड दिए ।