प्रख्यात साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज अस्पतालमा आज बिहान निधन भएको छ । १०३ वर्षको उमेरमा जोशीको निधन भएको हो।
‘बांगमाया शताब्दी पुरुष’ जोशी युरिन इन्फेक्सन, छाती र मुटुको समस्याबाट पीडित थिए । उनलाई पछिल्लो समय डेंगुको संक्रमण देखिएको थियो । असोज ७ मा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
जोशीको उपचारमा संलग्न डा सुरज बज्राचार्यले आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जानकारी दिए ।
अस्पताल भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुरुका केही दिनमा सुधारोन्मुख देखिए पनि पछि झन् बिग्रियो । किष्ट मेडिकल कलेजले जोशी र उनकी श्रीमतीको निशुल्क उपचार गर्दै आएको थियो । (RSS)