यस वर्षको मनसुन शनिबारदेखि नेपालबाट बाहिरिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन प्रस्थानसम्बन्धी विशेष मनसुन बुलेटिन जारी गर्दै महाशाखाले प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिएको जनाएको छ ।
यस वर्षको जेठ २२ मा देशको पूर्वी क्षेत्रबाट नेपालमा प्रवेश गरेको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशबाट बाहिरिएको छ।
देशका बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । सामान्यतया असोज १६ मा नेपालबाट मनसुन बाहिरिने भएपनि यस वर्ष मनसुन अझै केही दिन थपिएको छ । (RSS)