पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइतबार प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभर सञ्चालन हुने प्याराग्लाइडिङ उडान बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
अर्को सूचना नआएसम्म प्याराग्लाइडिङ उडान रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
प्याराग्लाइडिङ थप व्यवस्थित गर्न क्यानले उडान रोक्ने निर्णय गरेको निरौलाले बताए ।