सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
आज बस्ने बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि संयुक्त अपिल जारी गर्ने तयारी गरेको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले आफ्ना उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गर्ने तयारी गरेको बताए ।
बैठकमा विद्रोही उम्मेदवार र सत्ता गठबन्धनको अवस्थाका साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।