मकवानपुर कार्तिक ७। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा आइतबार मकवानपुरको हेटौंडामा कवि सम्मेलन आयोजना गरिएको छ ।
थाहा सञ्चार नेटवर्कले आयोजना गरेको कार्यक्रममा महाकवि देवकोटाको जीवन र व्यक्तित्वका बारेमा कवि तथा साहित्यकारहरुले आ–आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा साहित्यकार निमेश निखिल, देवराज खरेल, पुरुषोत्तम आचार्य, भावना सापकोटा, अनिता न्यौपानेलगायतले आफ्ना कविता वाचन गरेका थिए ।
सो अवसरमा बोल्दै साहित्यकारहरूले देवकोटाको सामाजिक र सांस्कृतिक जिम्मेवारी रहे पनि उनको साहित्यिक पक्ष सबैभन्दा महत्वपूर्ण रहेको तर्क गरे ।
कार्यक्रममा थाहा सञ्चार नेटवर्कका अध्यक्ष अजयराज सुमार्गी र मकवानपुरका साहित्यकार आरसी रिजालले पनि आफ्नो धारणा राखेका थिए ।
प्रत्येक वर्ष देवकोटाको जन्मजयन्तीमा कवि सम्मेलन आयोजना हुने गरेको रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीले जानकारी दिनुभयो । (RSS)