महेन्द्रनगर (धनुषा) कार्तिक १६। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो गठबन्धनलाई कुनै पनि शक्तिले हराउन नसक्ने दाबी गरेका छन् ।
मंगलबार जनकपुरधाममा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले पार्टीलाई गुलाम बनाउन खोज्दा नेकपा एमालेभित्रै विद्रोहको बाटो रोजेको स्पष्ट पारे ।
अध्यक्ष नेपालले संविधानको रक्षा, स्थिर सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अगाडि बढेको दोहोर्याए । ‘संविधान बचाउन गठबन्धन बनेको हो’, उनले भने ।
सो अवसरमा रामविनोद यादवको नेतृत्वमा विभिन्न व्यक्ति नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । (RSS)