मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने भएको छ ।
निर्वाचन आयोगको निर्णयअनुसार यी अपाङ्गमैत्री मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषाको सूची, साङ्केतिक भाषाको प्रयोगसम्बन्धी अभिमुखीकरणको व्यवस्था गरिएको छ ।
यी मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिका लागि मतदान विधि सम्बन्धी ब्रेल सामग्री, रंगीन डोरी तथा पोल तथा टेबल कुर्सी उपलब्ध गराइनेछ ।
निर्वाचन आयोगले दोहोरो निर्वाचनका लागि २२ हजार २२६ मतदान केन्द्र तोकेको छ । (RSS)