निर्वाचन आयोगले आगामी फागुनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सकिन कम्तिमा १५ दिन अगाडि निर्वाचन हुने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि फागुन २९ गते पुनः निर्वाचित भएका थिन ।
“मंसिर २२ सम्ममा प्रतिनिधिसभा र प्रदेश सभाको अन्तिम मत परिणाम तयार गरी प्रतिवेदन बुझाइनेछ र यसले नयाँ सरकार गठनको बाटो खुल्ने छ,’ थपलियाले भने ।
‘यससँगै संसदको नयाँ अधिवेशन बोलाइनेछ । अधिवेशन आह्वान भई सांसदहरुले सपथ लिएलगत्तै आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि मतदाता पाउनेछ,’ प्रमुख आयुक्त थपलियाले भने ।
स्थानीय तहको निर्वाचनबाट सुरु भएको निर्वाचन प्रक्रिया राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै टुङ्गिनेछ ।
ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्कीको उम्मेदवारी खारेज भएको विषयलाई लिएर थपलियाले यस विषयमा विस्तृत व्याख्याको माग गर्दै आयोगले सर्वोच्च अदालततर्फ अघि बढेको बताए ।
सर्वोच्चले मंगलबार नेपाल मेडिकल काउन्सिलका सदस्य कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
डा कार्की एनएमसी सदस्यमा निर्वाचित भएकाले सार्वजनिक पदमा बसेको भन्दै आयोगले उनलाई निर्वाचनबाट अयोग्य ठहर गर्ने निर्णय गरेको हो ।
आफू उम्मेदवारीका लागि योग्य छन् वा छैनन् भन्ने निर्णय आयोगले गर्नुपर्ने भएकाले उक्त निर्णय भएको बताउँदै थपलियाले समानुपातिकमा उब्जिएका समस्या बारे अदालतले दिएको आदेश र फैसलाका आधारमा निर्णय गरिएको बताए ।
थपलियाले मंसिर ४ गते हुने निर्वाचनपछि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न आयोगले तयारी गरिरहेको बताए ।
यसका लागि आयोगले सम्बन्धित व्यक्ति बसोबास गरेको देशबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया सुरु गर्ने उनले बताए । थपलियाले आगामी निर्वाचनका लागि अस्वीकार गर्ने र फिर्ता बोलाउने अधिकार आयोगले सुनिश्चित गर्ने आश्वासन पनि दिए ।
महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरूको समावेशी सहभागिताबारे कुरा गर्दै थपलियाले भने, “उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने मात्र नभई पहिलो पटक हुने निर्वाचन प्रणालीमा उनीहरूको उम्मेदवारी पनि सुनिश्चित हुने गरी व्यवस्था गरिनेछ।