प्रदेश १ का वन, वातावरण तथा भूमि संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको छ ।
मोरङ क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।
उनलाई गम्भीर प्रकारको निमोनिया भएको पत्ता लागेको थियो ।
यस अघि नोबेल अस्पतालमा भर्ना भएका थापाको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
ह्याम्स अस्पतालमा तीन साताको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि उनलाई विराटनगर लगिएको थियो ।