विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८-१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) बेलुकी आइसल्याण्ड प्रस्थान गरेकी हुन् ।
उक्त अवसरमा उनलाई आइसल्याण्डको परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख राजदूत एस्ट्रिड ब्रेककान र डेनमार्कस्थित नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन तीर्थराज अर्यालले स्वागत गरेको डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
यस अघि दोहाको ट्रान्जिटमा उहाँलाई विमानस्थलमा कतारस्थित नेपाली राजदूतावासका अधिकारी नरेश विक्रम ढकाल र कतारको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीले स्वागत गर्नुभएको थियो । त्यसैगरी फ्र्याङ्कफर्टमा राष्ट्रपतिलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीले स्वागत गरेका थिए ।
राष्ट्रपतिले आज महिला राजनीतिक नेताहरू (डब्लु पी एल) द्वारा सह-आयोजित रेक्जाभिक ग्लोबल फोरममा मुख्य भाषण दिने र डब्लु पी एल ट्रेल ब्लेजर पुरस्कार २०२२ ग्रहण गर्ने कार्यक्रम छ। (RSS)