कुवेतमा अलपत्र परेका सात नेपाली आप्रवासी कामदारको उद्धार गरी नेपाल ल्याइएका छन् । उनीहरु कामको भिसामा खाडी मुलुक गएका थिए । उनीहरुलाई रोजगारी दिने कम्पनी ग्लोबल टाइम्स कुवेतले उनीहरुलाई दैनिक १४ घण्टा काम गराएर दुई महिनाको तलब नदिएको पाइएको छ ।
धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गएराति अलपत्र परेका कामदारलाई नेपाल ल्याइएको हो ।
उद्धार गरी स्वदेश फर्किएकाहरूमा विवेकराज यादव, एकबल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी रहेका छन् ।
उद्धार गरिएका कामदारलाई हाल चाबहिलको पासा होटलमा राखिएको धर्म ओभरसीजले जनाएको छ । उनीहरुलाई कुवेत पठाएको रोजगार कम्पनीले पैसा फिर्ता गरेपछि घर पठाइने बताइएको छ । (RSS)