राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्किएकी छन् ।
राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन आइसल्याण्ड प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ बाट सम्मान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र सचिव भरतराज पौडेललगायत राष्ट्रपतिको आइसल्याण्ड भ्रमण टोलीमा सहभागी थिए । (RSS)