पछिल्लो समय नेपालको आन्तरिक बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । नेपाल आयल निगमका अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०२२/२३ मा पेट्रोलियम पदार्थको उपभोगमा उल्लेख्य कमी आएको छ ।
एनओसीको तथ्याङ्कले गत वर्षको अवधिमा ६३ ,३१५ किलोलिटर पेट्रोल र १,३५,८१२ किलोलिटर डिजेल खपत भएको तुलनामा यस वर्ष असोज मसान्तदेखि कार्तिक सम्म ४४,५१३ किलोलिटर पेट्रोल र ७८,४२६ किलोलिटर डिजेल खपत भएको देखाएको छ ।
विगतमा चाडपर्व र निर्वाचनका बेला पेट्रोलियम पदार्थको आपूर्ति बढेको भए पनि यसपटक अवस्था फरक रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
तरलता अभाव, विकास निर्माणका लागि अनुकुल मौसम, पेट्रोलियम पदार्थको आकाशा छोएको मूल्य र भारतीय बजारको तुलनामा आन्तरिक बजारमा बढेको मूल्य इन्धन खपत घट्नुका कारक हुन् ।
नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले भारतीय शहरमा सवारी साधन भर्न उत्प्रेरित हुन सक्ने देखिएको छ । (RSS)