रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
प्रदेशका अर्थमन्त्रीसमेत रहेका बरालको नाम युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालोसूचीमा परेको भन्दै उजुरी परेको हो ।
कास्कीकोटका बोधराज सुवेदीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
युवा तथा साना उद्यमी स्वरोजगार कोषले गण्डकी माछापुच्छ्रे सहकारी लिमिटेडलाई २०१६ सम्म ५० लाख रुपैयाँ ऋण दिएको थियो । बराल पनि सहकारीका सदस्य हुन् ।
बरालसहित १५ जनालाई सात दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिइएको छ ।
सहकारीले युवा तथा साना उद्यमी स्वरोजगार कोषमा ३८ लाख रुपैयाँ बुझाउन बाँकी रहेको जानकारी प्राप्त भएको छ ।
कास्की-३ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नेता हुन् ।