प्रधानसेनापति प्रभुराम शर्माको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयुक्तहरुसँग शुक्रबार भेटवार्ता गरेको छ ।
निर्वाचन आयोगको जमलस्थित कार्यालयमा भएको बैठकमा प्रधानसेनापति शर्माले अनुगमन र सूचनाका आधारमा निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना जस्तोसुकै भूमिका खेल्न तयार रहेको बताउनु भयो ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले मतपत्र छपाई, निर्वाचन सामग्रीको चेकजाँच र ढुवानीमा निर्वाचन आयोगलाई नेपाली सेनाको सहयोग प्राप्त भएको जानकारी दिनु भयो ।
उनले हिमाली जिल्लाका दुर्गम जिल्लामा मतपत्र र निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको समेत सहयोग प्राप्त गरेको बताए ।