डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान गरेका छन् ।
देउवाले डडेल्धुराको गन्यापधुरा-१ रुवाखोलामा रहेको आसिग्राम माबी मतदान केन्द्रमा मतदान गरेका हुन् ।
प्रधानमन्त्री देउवा सन् १९९२ देखि यस क्षेत्रका सबै निर्वाचनमा निर्वाचित हुँदै आएका छन् ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान आज बेलुकी ५ बजे सकिनेछ ।