बाँकेको क्षेत्र नं २ को ‘क’ र ‘ख’ बाट प्रदेशसभा निर्वाचनमा जनसमाजवादी पार्टी (पीएसपी)का भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी भएका छन् ।
क्षेत्र नं २ ‘क’ बाट उम्मेदवार भण्डारीलाल यादवले ११ हजार ५०४ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयबहादुर यादवलाई २ हजार १४६ मत अन्तरले पराजित गर्दै विजयी भएका छन् । विजयबहादुर यादवले ९ हजार ३५८ मत प्राप्त गरे ।
बाँके क्षेत्र नं २ ‘ख’ आदेश अग्रवालले ८ हजार २४६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निरक गुरुङलाई १ हजार ५३७ मतले पराजित गरेका छन् । निरक गुरुङले ६ हजार ७०९ मत प्राप्त गरे ।