महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार तथा अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन् ।
जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण यादवले १४ हजार ३२५ मत पाएका छन् ।
यसबाहेक स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।