दोलखामा प्रतिनिधिसभा सदस्यका लागि बिहीबार बेलुका ९ बजेबाट मतगणना सुरू भएको छ । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) की उम्मेदवार गंगा कार्कीले मतगणनामा अग्रता लिएकी छन् ।
अहिलेसम्म मतगणना भएका ५ हजार ९७० मतमध्ये कार्कीले ३ हजार ६१८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले १ हजार ८०० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
प्रदेशसभा-१ को मतगणनामा अहिलेसम्म ४ हजार ७३३ मत ल्याएर नेपाली काँग्रेसका कुन्दनराज काफ्लेले २ हजार ५२५ मत ल्याएका छन् ।