गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भर्खरै सम्पन्न निर्वाचनमा जनतासमक्ष गरेका प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने गरी काम गर्ने बताएका छन् ।
त्यस्तै प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य मन्त्री पौडेलले ढोरपाटन नगरपालिकाका आफ्ना मतदातालाई धन्यवाद दिँदै आफूले पाँच वर्षभित्र विकास र समृद्धिको प्रतिबद्धता पूरा गर्ने बताए ।
उनले भने, ‘अधुरा काम पूरा गर्दै थप नयाँ विकास आयोजना ल्याउँछु, जनताका आधारभूत आवश्यकता–विकास, शिक्षा, स्वास्थ्य, खानेपानी र सडकका आयोजना पाँच वर्षभित्रमा हदसम्म सफल बनाउँछु ।’
मन्त्री पौडेलले भने, ‘पाँच वर्षभित्र जिल्लाको पश्चिमी भागमा विकासको ढोका खोलिनेछ ।’
उनले विद्यमान गठबन्धनबाट नयाँ सङ्घ र प्रदेशसभाको सरकार बन्ने तर्क गरे ।
नवनिर्वाचित सभासदले ढोरपाटन–सालझण्डी सडक, केन्द्रीय प्रसारण लाइन विस्तार, पुल निर्माण र ढोरपाटनको आलु प्रवद्र्धनलाई तीव्रता दिने बताए । (RSS)