प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकमा सामुदायिक रेडियोको भविष्य सुनिश्चित गर्न विज्ञापनको बजार विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सीईसी थपलियाले सामुदायिक रेडियोको विकाससँगै विज्ञापनको बजार पनि विस्तार हुनुपर्ने बताए ।
उनले सामुदायिक रेडियोलाई विज्ञापनको दृष्टिकोणले हेर्दा अवस्था भयावह रहेको बताए । अहिलेको अवस्थामा रेडियोलाई दिगो बनाउनको लागि विज्ञापनमा २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताउनु भयो ।
थपलियाले सामुदायिक रेडियो मर्जर नभएको खण्डमा उनीहरुको भविष्य अन्योलमा रहेको समेत उहाँले उल्लेख गर्नुभयो । गाउँ गाउँमा रेडियो पुगे पनि रेडियोले उत्पादन गर्ने उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताउनुभयो ।