नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १० रूपैयाँले वृद्धि भएकाे छ । आज चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।