काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची नदीको उद्गमस्थल अम्बाथानमा सुरुङमार्गबाट आजदेखि राजधानीमा पानी वितरण भइरहेको छ ।
गोकर्णेश्वर नगरपालिका-१ स्थित सुरुङको अन्तिम बिन्दुमा गत मंसिर १८ गते आएको पानी सुरुङ सफा गर्न सुरुमा वाग्मती नदीमा खसाइएको थियो । गत असार मसान्तमा बन्द भएको सुरुङमा जम्मा भएको फोहोर सफा गर्न पहिलोपटक पानी बागमतीमा छोडिएको मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर रामचन्द्र पौडेलले बताए । डिसेम्बर ५ बाट सुरुङ पुनः पानीले भरिएको थियो ।
केही दिनदेखि सुरुङमा भरिएको पानी बिहीबारदेखि महांकालचौर शाखामा पठाइएको पौडेलले बताए । मेलम्ची खानेपानी विकास समितिले गत साता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानस्थित झरनाबाट सुरुङमा पानी पठाएको थियो ।
असारदेखि सुरुङमार्ग बन्द भएपछि सुरुमा परीक्षणका रूपमा सीमित मात्रामा पानी पठाइएको थियो । यो पानी एक साताभित्र काठमाडौंको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा आइपुगेको हो । आजदेखि दैनिक १७ करोड ५० लाख लिटर पानी सुरुङमा पम्प गरिने मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
बाढीले सुरुङमा ठूलो क्षति पुर्याएपछि असारमा मेलम्चीको पानी आपूर्ति बन्द भएको थियो । मेलम्चीको पानी २०२१ मार्चमा अस्थायी रूपमा राजधानी आइपुगेको थियो।
मेलम्चीको झरनामा हेडवर्कको काम पूरा हुन नसकेकोले जाडो याममा मात्रै मेलम्चीको पानी राजधानी आउने सम्भावना रहेको छ । अर्बौं रुपैयाँ खर्चेर अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजना अहिले स्थायी रुपमा पुग्छ कि भनेर राजधानीवासीले प्रश्न गर्नुपर्ने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए । ।