नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका एजेण्डा छन् । निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक सांसदको नाम पठाउन भनेको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीट गरी कुल ७८ सीट प्राप्त गरेको छ ।