नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटवार्ता भएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा नेताहरुले समसामयिक राजनीतिक अवस्था, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पछिल्लो निर्वाचनको नतिजा, निर्वाचनपछिको संरचनालगायतका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा नेपाल समाजवादी नेता महेन्द्र राय यादवको पनि उपस्थिति रहेको थियो । निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएसँगै दलहरु नयाँ सरकार गठनका लागि कसरत गरिरहेका छन् ।