नेपालमा पछिल्लो ६ महिनामा ५४ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार देखि हालसम्म ५४ हजार ६७ संक्रमित पहिचान भएको जनाएको छ । असार देखि संक्रमण दर बढेको थियो।
सेप्टेम्बरमा २७ हजार ५२९, अक्टोबरमा १७ हजार ८८९, नोभेम्बरमा ४ हजार ४२ र डिसेम्बर ११ सम्म १७९ जनामा डेंगु देखिएको थियो ।
यस वर्ष डेङ्गु संक्रमितको संख्या ५४ हजार २ सय ३२ पुगेको विभागले जनाएको छ ।