भारतको नैनीतालमा भएको कौतिक फिल्म फेस्टिभलमा ऐना झ्यालको पुतली उत्कृष्ट चलचित्र घोषित भएको छ ।
डिसेम्बर २ देखि ४ सम्म नैनीतालमा आयोजना भएको फेस्टिभलमा फिल्म उत्कृष्ट फिल्मसहित ४ विधामा अवार्ड हात जितेको हो । फिल्मले अभिनय विधामा २ र सम्पादन विधामा पनि अवार्ड जितेको हो ।
चलचित्रमा बहिनी र दाजुको भूमिका निर्वाह गरेका कञ्चन चिमरिया र दिनेश खत्रीले उत्कृष्ट अभिनेत्री तथा अभिनेताको अवार्ड जितेको थियो ।
त्यस्तै किरण श्रेष्ठले सम्पादनको अवार्ड जिते । सेप्टेम्बर ९ मा नेपालको सिनेमा हलमा रिलिज भएको यो चलचित्र बंगलादेशमा उत्कृष्ट निर्देशकको अवार्ड जित्दै दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा छनोट भएको हो ।फिल्मलाई सुजित बिडारीले निर्देशन गरेका हुन् ।
बिडारी आफैंले लेखेको चलचित्रमा दिनेश खत्री र कञ्चन चिमरियाको मुख्य भूमिका रहेको छ ।