लोकतान्त्रिक समाजवादी पार्टी (डिएसपी) गठबन्धन सरकारमा जाने निर्णय गरेको छ ।
काठमाडौंमा बसेको दलका शीर्ष नेताहरुको बैठकले गठबन्धन सरकारमा जाने निर्णय गरेको छ ।
नेता शरदसिंह भण्डारीले डिएसपी पक्कै पनि गठबन्धन सरकारमा जाने बताए ।
‘हामीले गठबन्धनबाट चुनाव लडेका थियौं । सरकारमा सहभागी हुनेमा कुनै समस्या छैन,’ उनले भने ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतको उपस्थिति रहेको थियो ।
जनता समाजवादी पार्टीले चुनावको अन्तिम घडीमा गठबन्धन छोडेपछि सोही दिन गठबन्धनमा सामेल भएको अर्को मधेसवादी पार्टी डीएसपीले केही सिटमा मात्रै चुनावी गठबन्धन बनाएको थियो ।
प्रतिनिधिसभाका चार सिट जितेका डीएसपी भने राष्ट्रिय पार्टी बन्न सकेनन् ।