काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिन सरकारले अध्यादेश निकालेकोमा कडा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै थापाले यस विषयमा आफूहरुसँग कुनै छलफल वा निर्णय नभएको स्पष्ट पारे ।
‘विगतमा पार्टीको अडान आज पनि उस्तै छ । त्यसैले सरकारले गरेको गलत निर्णयको परिणाम पार्टीले भोग्ने छैन,’ उनले भने ।
वर्तमान सरकार अस्थायी भएको भन्दै नेता थापाले सरकारले महत्वपूर्ण निर्णय लिन नसक्ने बताए ।
‘सरकारलाई अध्यादेश ल्याउने कानुनी र संवैधानिक अधिकार छैन,’ उनले भने ।
पूर्वस्वास्थ्यमन्त्रीले अदालतमा विचाराधीन मुद्दा सरकारले फिर्ता लिन नसक्ने स्पष्ट पारे ।
कार्यपालिकाले अदालत र संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै थापाले अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् ।