जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकास्थित लक्ष्मीनारायण मन्दिरका महन्त जगन्नाथ दास वैष्णवलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
रुपन्देही र महोत्तरीको संयुक्त टोलीले दासलाई आज बिहान मन्दिरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको रु ७० लाख मौज्दात भएको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्थलाई पक्राउ पक्राउ गरिएको बताए ।
दासलाई अनुसन्धानका लागि रुपन्देही पठाइएको एसपी पंगेनीले बताए ।